Monday, May 4, 2020

चट्याङ्ः बच्ने उपाय र फाइदा (Thunder and Lightening)


चट्याङ् के हो ?
चट्याङ एक विधुतिय चार्जको विसर्जन हो। यस समयमा धेरै शक्ति उत्पन्न हुने गर्दछ । अर्थात यो खराब मौसमका बेला आकाशबाट जमिनमा खस्ने विधुतिय करेन्ट हो । Google का अनुसार “lighting is a discharge of electricity.” चट्याङ्लाई हाम्रो दृष्टीकोणले दैविक शक्तिका रुपमा हेरे पनि बैज्ञानिक रुपमा चट्याङ् एकप्रकारको करेन्ट नै हो जुन फरक (Positive र Negative) चार्जहरु एक आपसमा सम्पर्कमा आउँदा उत्पन्न हुने गर्छ।
चट्याङ् कसरी पर्छ ?
वायुमण्डलाई यसको उचाईको आधारमा 5 भागमा विभाजन गरिन्छ जस्को तल्लोतह (0-16km) लाई निम्न मण्डल (Troposphere) भनिन्छ। जलचक्र अनुसार पृथ्वीको सतहको पानी तातेर वाफको रुप लिन्छ र वादल बन्छ। जब यो प्रकृया तिब्र बन्दै जान्छ बादल वाक्लो र कालो वन्दै जान्छ जसलाई ‘क्युमलोनिम्वस’  भनिन्छ ।यस्तो बेलामा चट्याङ् पर्ने बढी संभावना हुन्छ। यही वादलमा बनेका तहहरुमा तापक्रममा फरक र ति तहहरु गतिमान भई हिड्छन त्यसवेला घर्षण उत्पनभई ‌+Ve र -Ve चार्ज उत्पन्न हुन्छ। आकासमा जब बिजुली, गर्जन ताप एकै चोटी निस्कन्छ त्यसलाइ चट्याङ् परेको भन्छौ।
सुरुमा त आकाशको बादलभित्र नै विजुली चम्किन्छ जुन बादलभित्रको चट्याङ् हो तर  यस्को चार्ज धेरै भएपछि पृथ्वीमा पनी विपरीत चार्जहरु उत्पन्न हुन्छन र ति चार्ज बिच प्रतिक्रिया हुन्छ र चट्याङ् पर्छ। त्यस्तो बेला पृथ्वीको वायुमण्डलको तापक्रम करिव 30000 °c (54000°f) हुन्छ। सामान्य चट्याङ्मा पनि यसको शक्ति एक अर्व भोल्ट वरावर हुन्छ।
के अग्लो रुख \ घरमा मात्र पर्छ चट्याङ् ?
चट्याङ् अग्लो रुखमा र अग्लोघर टावर मा पर्छ भन्ने कुनै वैज्ञानिकता छैन तर बादलको चार्ज Positive र पृथ्वीको चार्ज Negative एक आपसमा Discharge हुने बेला माध्यमको रुपमा अग्ला रुख ,घर र टावरहरुको प्रयोग हुन्छन र उच्च भोल्टको करेन्ट र ताप त्यहि बाटो हुँदै जमिनमा आउँछ।
चट्याङ्को समयमा के हतियार( बन्चरा फालि) आउँछन त पृथ्वीमा ?
हाम्रो पुरानो सोचाई अनुसार चट्याङ् पर्दा हात हतियार ( बन्चरा फालि) पृथ्वीमा झर्छन र तिनले रुखहरु चिर्छन भन्ने छ । तर उच्च भोल्टको करेन्ट र ताप  आकाश बाट जमिनमा आउँदा बाटोमा माध्यमको रुपमा प्रयोग भएका रुखले उक्त करेन्ट थाम्न सक्दैनन र रुखहरु चिरिन्छन । त्यसै गरी जमिनमा भएका हरेक वस्तुहरु उच्च तापको कारणले जल्ने गर्छन । आकाशबाट आएको करेन्ट जमिनमा प्रवेश गर्दा जमिन जोतिने भने साँचो हो । बादलको चार्ज र जमिनको चार्जको प्रतिक्रिया हुँदा जमिनमा उक्त प्रक्रिया हुन्छ ।
चट्याङ् परिसकेपछि मात्र आवाज किन आउँछ त ?
हो हामिले देखेको भोगेको कुरा हो, विजुली चम्केपछी मात्र आवाज आउँछ सामान्यतया हावामा प्रकाशको गति 300000000 m/s  ध्वनीको 332 m/s हुन्छ अर्थात 1 सेकेण्डमा प्रकाशले 300000000 m यात्रा तय गर्छ जवकी ध्वनीले 1 s मा 332 m मात्र तय गर्छ। ति दुवै क्रिया चट्याङ्मा (lighting) हुने र दुवैको गति फरक हुने भएकोले पहिला चट्याङ् (विजुली चम्कनु ) पर्छ र पछि आवाज आउने गर्छ।
चट्याङ्का असरहरुः-
चट्याङ्ले पृथ्वीको सतहमा जहाँ परेको छ त्यस ठाउँको जनधनको पूर्णरुपमा क्षति गर्दछ। National geographic channel  का अनुसार वर्षमा करिव 24000 मानिसहरु चट्याङ् लागेर मर्दछन। नेपाल पनि विश्वमा चट्याङ्को जोखिम बढी हुने देशको अघिल्लो पङ्तिमा पर्छ। रोचककुरा के भने भेनेजोयलाको माराकाइवो तालमा संसारमा सवैभन्दा बढि (२८पटक प्रतिवर्ष) चट्याङ पर्छ। यो बाहेक चट्यङ्का असरहरु निम्न छन्,
  • जनधनको क्षति
  • हावाहुरी
  • सामुन्द्रिक आँधी
  • Positive charged particle लाई असर
  • विधुतिय उपकरणमा क्षति
  • सञ्चारका टावरहरु ध्वस्त आदि ।
चट्याङ्का फाइदाः-
चट्याङ्का थुप्रै बेफाइदा भएता पनि प्राकृतिक रुपमा चट्याङ्का केहि फाइदाहरु छन् भन्दा तपाईहरुलाई विश्वास नलाग्न पनि सक्छ। जुन निन्न अनुसार छन्;-
  • चट्याङ् पर्दाको तापिय उर्जाले पर्यावरण सन्तुलन गर्दछ र वनस्पतिलाई फाईदाजनक हुन्छ।
  • चट्याङ् पर्दा जव विजुली चम्कन्छ त्यसबेला वायुमण्डलिय N2 (नाइट्रोजन) विरुवाले लिन सक्ने नाइटेटमा (Nitrate) परिवर्तन हुन्छ जसलाई नाइट्रीफिकेसन (Nitrogen cycle) भनिन्छ  । त्यसैले गड्यागुडुङ हुँदा माटो मलिलो हुने विश्वास छ।
  • कतिपय वायुमण्डमा रहेका व्याक्टेरीयाहरु चट्याङ्का क्रममा नष्ट हुन्छन ।
  • चट्याङ् पर्दा निस्कने उच्च करेन्टलाई जम्मा गर्न सक्ने हो भने कयौवर्ष विधुत पुर्तिगर्न सकिन्छ जुन अध्ययन कै क्रममा छ।

श्राेत : Buddhavumi News

0 comments: