Friday, May 22, 2020

बालबालिकालाई कुलतमुक्त राख्न अभिभावकको भूमिका

आजको विश्व आक्रान्त सोच, परालको आगो जस्तै विकास र चुरोटको धुवाँजस्तै जिन्दगीको भुमरीमा फन्को लगाईरहेको छ। हाम्रो मुलुक , प्रत्येक वर्ष २७ हजार क्यान्सर पीडित थप्दै उघ्रेको छ। प्रत्येक साँझ यहाँ गाँजाको सर्को र रक्सीको नसा सँगै अर्बौं रुपियाँको लागुपदार्थ ओसारपसार र प्रयोग गरिदै आएको छ। यस्तो चरम परिस्थितिलाई न्यूनिकरण र नियन्त्रणका निम्ति सर्वोत्तम भूमिका खेल्ने भनेकै अभिभावक हुन् । तसर्थ धूम्रपान , मध्यपान र लागुपदार्थ भनेको आखिर के हो त? यसले पार्ने असर के कस्ता छन् त? जोगिने उपाए के के हुन् ? भन्ने प्रश्नको जबाफ हरेक गाउँ , टोल , समाज र प्रत्येक ब्याक्तिको मन मस्तिष्कमा पुर्याउन जरुरी छ। धूम्रपान : अर्थात् धुवाँको शाब्दिक अर्थ धुवाँ खाने वा धुवाँको सर्को तान्ने भन्ने हुन्छ । चुरोट , बिडि , हुक्का पाइप , पातमा सुर्ती बेरेर त्यसको धुवाँलाई मुखले तानेर धूम्रपान गर्ने गरिन्छ। मादक पदार्थ पिउने वा सेवन गर्ने कामलाई मध्यपान भनिन्छ । संसारमा धेरै थरिका जाँड, रक्सीहरु पाइन्छन् । ती जाँड रक्सी नै मादक पदार्थ हुन् । नेपाली समाजमा रक्सी खानेलाई रक्स्याहा र जाड खानेलाई जड्याहा भनिन्छ ।मादक वस्तु वा नसादर पदार्थलाई लागुपदार्थ भनिन्छ।लागुपदार्थमा गाँजा , भाङ , चरेस , अफिम आदि पर्छन् । लागुपदार्थको प्रयोग मानिसले धुवाँका रुपमा , पिएर , खानामा मिसाएर , सिरिन्जमा राखेर गर्ने गरेको पाइन्छ । 


कुनै पनि ब्यक्ति धुम्रपान गर्ने , खैनी खाने, जाँड रक्सी खाने, लागू औषध अर्थात् नसाको लागि प्रयोग गरिने औषधि प्रयोग गर्ने बानी लिएर जन्मेको हुँदैन । उसले यी सबै बानी परिवार र समाजबाट नै सिक्ने हो। वास्तवमा चुरोट , सुर्ती लाई लागू पदार्थ भनिदैन। चुरोट , सुर्ती को नसा लामो समय रहदैन र यसले मानिसलाई लठ्ठ पारिहाल्दैन । तर चुरोट वा सुर्तीमा बढी नसा लाग्ने कुरा मिसाएर सेवन गरियो भने त्यसलाई लागू पदार्थ भन्न सकिन्छ । चुरोट , जाँडरक्सी , लागू पदार्थ जस्ता कुराहरुका प्रयोगकर्तालाई पहिला मैले आफू खुसि प्रयोग गरेकोले मन लागेको बेला छाड्न सक्छु भन्ने लाग्छ तर पछि गएर लागूपदार्थले आफुलाई नै नियन्त्रण गरेको र आफू त्यसपछि आस्रित भएको उसले पत्तो पाउदैन । नेपालमा १ लाख ७५ हजार लागू औषध प्रयोग कर्ता रहेको अनुमान छ। तसर्थ लागू औषध दुरुपयोगको समस्या दिनानुदिन भुसको आगो झैँ फैलिरहेको छ । लागू औषध अबैध ओसारपसार लाई अन्तर्राष्ट्रिय रुपमै अपराधको रुपमा हेरिन्छ । त्यसैले यो एउटा विश्वकै साझा समस्याको विषय बनेको छ । नेपालमा गाँजा , चरेस जस्ता पदार्थ खुल्ला रुपमा बिक्रीवितरण गर्नमा लागू औषध नियन्त्रण ऎन २०३३ ले प्रतिबन्ध लगाउने काम गरेको र यसै ऎनअन्तर्गतकै दफा ४ अन्तर्गत निषेध गरिएका कार्य गर्ने व्यक्तिलाई अपराधको मात्रा अनुसार देहाय बमोजिम सजाय हुनेछ :

(क) गाँजा सेवन गर्ने व्यक्तिलाई एक महीनासम्म कैद वा दुईहजार रुपैयाँसम्म जरिवाना ।

(ख) पच्चीसवटा बोटसम्म गाँजाको खेती गर्ने व्यक्तिलाई तीन महीनासम्म कैद वा तीनहजार रुपैयाँसम्म जरिवाना ।

(ग) पच्चीसवटा बोट भन्दा बढी गाँजाको खेती गर्ने व्यक्तिलाई तीनवर्षसम्म कैद वा पाँचहजार रुपैयाँदेखि पच्चीसहजार रुपैयाँसम्म जरिवाना ।

(घ) अफिम, कोका वा सो बाट बनेको लागू औषधको सेवन गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना ।

(ङ) नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागू औषध वा मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) र तिनको लवण र अन्य पदार्थ समेतको दुव्र्यसन गर्ने व्यक्तिलाई दुई महीनासम्म कैद वा दुईहजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय ।


धूम्रपान , मध्यपान र लागू पदार्थ कसरी गर्न पुग्छन् ?? प्रश्न उठ्छ ।किशोरकिशोरीले बाबुआमाको यथेष्ट वा पूरा हेरचाह नपाउनु , परिवारका वयस्क सदस्य दुर्ब्यसनी हुनु , कुसङ्गतमा लाग्नु , लहलहैमा लाग्नु, तिरस्कृत हुनु , सामाजिक र संस्कृति परम्परा , जिज्ञासुको स्वभाव , बेरोजगारी जस्ता कारण हुन सक्छन् । जसले गर्दा अनेकौं असरहरु खेप्नुपर्ने हुन्छ। जस्तैः मानसिक प्रभाव , सामाजिक असर , आर्थिक समस्या , शारीरिक समस्या , झै झगडा, विस्वासको कमि र एच. आई. भि संक्रमीत पनि हुन पुग्छन् । यो समस्याबाट किशोरकिशोरीलाई टाढा राख्नुमा अभिभावकको ठूलो भुमिका रहन्छ।

परिवारमा बाबुआमाले आफ्ना बाबुनानिहरुलाई यथेष्ट समय छुट्याउने , समाजमा युवामैत्री वातावरणमाको सिर्जना गर्ने , उनिहरुलाई सामाजिक कार्यमा सम्लग्न हुन प्रेरित गर्ने , टोलटोलमा कला, सस्कृती , नित्य , संगीत , खेलकुद आदि सम्बन्धि कार्यक्रमहरु संचालन गर्ने, परिवारका सदस्यहरुबिच यसका असरहरु बारे छलफल गर्ने , -चुरोट, रक्सी ,लागू पदार्थ विज्ञापन र बिक्रीवितरणमा बन्देज लगाउन आ-आफ्नो क्षेत्रमा वकालत गर्ने गर्नुपर्छ । भनिन्छ नि सदस्य -सदस्य मिलेर परिवार , परिवार -परिवार मिलेर समाज र समाज - समाज मिलेर सिङ्गो रास्ट्र बन्छ । त्यसरी नै यदि एक दुई सदस्यले ठिक बेठीक पत्ता लगाई सोही अनुसार उचित काम गरि आफ्नो परिवारलाई धूम्रपान , मध्यपान र लागू पदार्थ मुक्त बनाउछ भने उसले रास्ट्र लाई नै ठूलो सहयोग पुर्याएको हुन्छ ।परिवारमा कुनै सदस्य कुलतमा फसेको छ भने उसलाई गाली गलोच गरेर होईन , त्यो एक किसिमको रोग हो उपचार गरे निको हुन्छ भन्ने सन्देश दिएर दुव्र्यवहारबाट जोगाउन सकिन्छ। कुनै परिवारमा देखिन्छ , घरको मुल सदस्यले चुरोट सल्काउन आफ्ना छोराछोरीलाई अर्याएका हुन्छन् र छोराछोरीले पनि बानी परेर सो कारणले गर्दा कुलतमा फसेको पाइन्छ। त्यसकारण सुरु आफै बाट गर्ने हो , आफुले पनि धूम्रपान , मध्यपान र लागू पदार्थ सेवन नगरौं , छोराछोरीलाई पनि सेवन गर्नबाट टाढा राखौं ।

यसरी हामी यो निष्कर्षमा पुग्न सक्छौं कि धूम्रपान , मध्यपान र लागू पदार्थमा परिवारको ठूलो भुमिका हुन्छ । यसको अलबा पनि नेपालले अब प्रशासनिक निकायबाट मात्र धूम्रपान , मध्यपान र लागू पदार्थ नियन्त्रण गर्न असम्भव हुन्छ भन्ने बुज्नु पर्छ । सबै राजनीतिक दलहरुसङ यसको नियन्त्रणको एजेन्डा बन्नुपर्छ । यो समस्याको समाधान गर्न प्रहरी , प्रशासन , कानुन , ब्याबसायी , सरकारी वकिल , र अदालतको प्रयास पर्याप्त छैन ।अर्को अर्थमा भन्ने हो भने यी सम्बन्धित निकायहरूको काममा विश्व्सनियताको कमि भएको छ । अभिभावकको हैसियतमा राजनीतिक दल र सम्पुर्ण राज्य नै यसको नियन्त्रणमा कसरी लाग्नु पर्छ भन्ने सोच्नुपर्ने बेला आएको छ । त्यसकारण हामी सबैले यसमा हातेमालो गरौँ ।

यहि नै हाम्रो श्रद्धाभक्ती हो !

Related Posts:

  • चट्याङ्ः बच्ने उपाय र फाइदा (Thunder and Lightening) चट्याङ् के हो ? चट्याङ एक विधुतिय चार्जको विसर्जन हो। यस समयमा धेरै शक्ति उत्पन्न हुने गर्दछ । अर्थात यो खराब मौसमका बेला आकाशबाट जमिनमा खस्ने विधुतिय करेन्ट हो । Google का अनुसार “lighting is a discharge of ele… Read More
  • बालबालिकालाई कुलतमुक्त राख्न अभिभावकको भूमिकाआजको विश्व आक्रान्त सोच, परालको आगो जस्तै विकास र चुरोटको धुवाँजस्तै जिन्दगीको भुमरीमा फन्को लगाईरहेको छ। हाम्रो मुलुक , प्रत्येक वर्ष २७ हजार क्यान्सर पीडित थप्दै उघ्रेको छ। प्रत्येक साँझ यहाँ गाँजाको सर्को र रक्सीको नसा सँग… Read More
  • Nepal in briefNepal is a country of great beauty and visual varieties. Its altitude varies from lowly 59 meters above sea level in the south and about 8848 meters height of Mt. Everest which is the highest peak in the world. Such a diversi… Read More

0 comments: